थप माग पूरा नभए ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

 बैशाख ३०, २०७८ बिहिबार १३:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

४ बजेसम्म माग पूरा नभए राजीनामा दिने रावलको चेतावनी छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Jeetendra khadka

    July 1, 2023, 8:12 p.m.

    Aba party vitra madhab samuha xiraunu vaneko oli get out ho oli baley lastama k garna khojya ho khai..

  •  0 Reply
  • Sumit

    Nov. 24, 2022, 10:41 p.m.

    No need to debate discuss, beyond party chunabi ghosana patra and chunab mandate; bhasmashur haru...

  •  0 Reply
  • भोजराज पौड्याल

    July 25, 2022, 6:19 p.m.

    माधवकुमार नेपालले पुन: बखेडा नगरे हुन्छ । पहिले त ओलिलाई कर्वाहि भएको हो । अनि पर्टि फुटाएर आफैं भाग्नुभो । एकिकरण भएपनि पद गुमाएको ठहर्छ । पार्टि बँचाएर राख्नेले पद पाउनुपर्छ ।

  •  0 Reply
  • Dhama Paudyal

    July 21, 2022, 6:43 p.m.

    थुक्क ! गर्न नसक्ने कुरा किन बोल्छौ। यो बैसाखको कुरो रेछ अनि राजिनामा गरेउ त?

  •  0 Reply

तपाईको प्रतिक्रिया