एक महिनामा चट्याङ लागेर २१ जनाकाे ज्यान गयाे, ८४ जना घाइते

 बैशाख ३०, २०७८ बिहिबार १५:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – गएकाे एक महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि वैशाख ३० (बिहान १० बजे) गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै एक महिनाकाे अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

त्यस्तै एक महिनाकाे अवधिमा आगलागीबाट सात जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई करोड ८५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा जनावरको आक्रमणबाट तीन जना र हावाहुरीबाट एक जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार वैशाख महिनामा भएका दुई सय ४० वटा विपद्का घटनामा ३२ जनाको ज्यान गएको छ । एक सय ३४ जना घाइते भएका छन् । घटनामा ३३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया