ओली–नेपाल भेट : ‘प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न’

 बैशाख ३०, २०७८ बिहिबार १७:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाकाे संवादकाे कुनै अर्थ नभएकाे बताउनुभएकाे छ । बिहीवार दिउँसाे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएकाे भेटप्रति नेत्री झाँक्रीले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाकाे संवादको अर्थ छैन ।’ 

नेत्री झाँक्रीले नागरिक, लोकतन्त्र र संविधानकाे रक्षाका लागि विद्राेह मात्र आफूहरूकाे एकमात्र विकल्प भएकाे बताउनुभएकाे छ । ‘हाम्राे आत्मसमर्पणले कम्युनिस्ट आन्दाेलनकाे विसर्जन गर्छ, सचेत बनाैँ’​, उहाँले भन्नुभएकाे छ ।

बिहीवार दिउँसाे केपी ओली र माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता भएकाे छ । यद्यपि याे भेटलाई लिएर धेरैजसाे नेताले सकारात्मक प्रतिक्रिया दिएका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया