कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताबीच छलफल

 बैशाख ३१, २०७८ शुक्रबार १३:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्ती मगर सहभागी भएका थिए । त्यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएकाे थियाे । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र बहुमतको आधारमा सरकार गठन गर्न नसकेपछि त्यसको भोलिपल्ट विपक्षी दलका नेताहरू छलफलमा सहभागी भएका हुन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको असहयोगका कारण विपक्षी दलहरूले गठबन्धनको सरकार बनाउन असफल भएका हुन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया