झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरूमा लगाएको कोटा प्रणाली खारेज गरेकाे छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगलाई सम्बोधन गर्दै अस्पतालमा पहिलेकै जस्तै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो ।
काठमाण्डाै उपत्यकाका अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन सप्लाइ गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो ।
काेभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निर्णय गरी लागू गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सीसीएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै पाएको छ ।
सीसीएमसीले स्वास्थ्य मन्त्रालयलाई नै जिम्मेवारी दिएपछि अक्सिजन वितरण व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोलीसमेत गठन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।