एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - निर्देशक तथा कलाकार दीपाश्री निरौलाले बिहीबार ४४ औँ जन्मदिन मनाएकी छिन् ।
उनले ४४ औँ जन्मदिनको अवसरमा रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा केक काटिन् ।
सिनेमा ‘छक्का पञ्जा ३’ को दोस्रो गीतको छायाँकनका लागि नवलपरासी पुगेकी दीपा बिहीबार नेपाल विज्ञापन एजेन्सी संघको आयोजनमा भएको कृति अवार्डका लागि काठमाडाैं आएकी थिइन् ।
उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेको थियो रेडियो अडियोले ।
रेडियो अडियोको जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना दिनको लागि कलाकार जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, अभिनेत्री प्रियंका कार्की लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रियंका कार्कीको दीपाश्रीप्रति धेरै नै माया देखियो । प्रियंकाले दीपाको लागि एउटा केक आफैं बोकेर आएकी थिइन् ।
जन्मदिन विशेष कार्यक्रममा दीपालाई जन्मदिनको शुभकामना दिँदै जितु नेपालले दीपासँगको सहकार्यलाई सरसर्ती सम्झिए । कुरैकुरामा उनले दीपालाई आफूले नै बाइक चलाउन सिकाएको कुरा पनि सार्वजनिक गरे ।
यस्तै दीपासँगै कार्यक्रम गरेको पैसाले आफूले काठमाडाैंमा घडेरी जोडेको भन्दै उनले दीपासँगको आफ्नो सहकार्य सधैँ शुभ रहेको बताए ।
कलाकार शिवहरि पौडेल र केदार घिमिरेले पनि दीपालाई सफलताको शुभकामना दिए । केदारले दीपालाई शुभकामना दिने कुनै शब्द नभएको बताए ।
विक्रम संवत २०४८ सालमा ‘अग्नीपथ’ टेलिफिल्मबाट कलाकारिताको आधिकारिक शुरुवात गरेकी दीपाले पहिलो सिरियलबाटै बेस्ट डेब्यु अवार्ड पाएकी थिइन् ।
त्यसपछि केही सिनेमामा काम गरेपछि दीपाले कलाकारितालाई रेडियो नाटक हुँदै तितो सत्यसम्म पुर्याईन् जसले उनलाई हास्यकलाकारको रुपमा स्थापित गराइदियो ।
दीपाको जन्मदिनमा उनका प्रिय मित्र दीपकराज गिरी भने उपस्थित थिएनन् । सिनेमा ‘छक्का पञ्जा ३’ को दोस्रो गीत छायाँकनको लागि नवलपरासीमा भएका कारण दीपक दीपाको जन्मदिनमा उपस्थित हुन नसकेका हुन् ।
तर उनले बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए ।
यता दीपाले आफ्नो केकमा भएको तस्बिर देखाउँदै त्यहि तस्बिरको मुटुमा दीपक भएको बताइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।