शिक्षासेवी चैतन्य शर्माको निधन, अन्त्येष्टि भोलि गरिने

 कात्तिक १६, २०८१ शुक्रबार १४:२२:१९ | रासस
unn.prixa.net

काठमाण्डौ – शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको हिजो  दिउँसो ४ः३० बजे ओम अस्पतालमा उपचारको क्रममा निधन भएको डा.देवराज अर्यालले जानकारी दिनुभयो ।

उहाँको भोलि बिहान नौ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा क्यानडामा रहनुभएको र उहाँ आउन समय लाग्ने भएकाले भोलि अन्त्येष्टि गरिने लागिएको हो । हाल उहाँको शव अस्पतालमै राखिएको छ ।

प्राध्यापक चिरञ्जीवी शर्माका अनुसार एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गर्नुभएका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताउनुभयो ।

उहाँको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गर्नुभएको थियो । यसैगरी प्रा.शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गर्नुभएको थियो ।

उहाँ नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिवसमेत हुनुहुन्थ्यो । उहाँले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भई काम गर्नुभयो । २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार हुनुभएको थियो । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत हुनुभएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया