एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान गर्‍याे

 कात्तिक १६, २०८१ शुक्रबार १५:४६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन् । एसएस फाउण्डेसनले बानेश्वरमा एक कार्यक्रम आयोजना गरेर कार्कीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

अस्ति बुधवार सम्पन्न साफ महिला च्याम्पियनशिपमा नेपाललाई फाइनलसम्म पुर्‍याउन अमिशाको महत्त्वपूर्ण भुमिका थियो । उनले फाइनल पनि बङ्गलादेशविरुद्ध गोल गरेकी थिइन् ।

सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आउँदो संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पुर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया