रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानियो

 जेठ १, २०७८ शनिबार १८:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिएको हो । यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएको थियो । रातोमच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत निस्केको छ । यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajkumar shrestha

    May 15, 2021, 6:34 p.m.

    यस बर्ष भोटो देखाउने जात्रा नहुने हो की ?

  •  0 Reply

तपाईको प्रतिक्रिया