ओमानबाट अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो, निगमको जहाज आजै बेइजिङ जाँदै

 जेठ १, २०७८ शनिबार १९:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।

निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिनुभयो । ‘सिलिन्डरसहितका सामग्री लिन अबका केही दिन निगमको जहाज हरेक दिन बेइजिङ जानेछ’, पौडेलले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Dharmendra Yadav

    May 15, 2021, 7:47 p.m.

    छिटो भन्दा छिटो हाम्रा नेपाली लाई बचाउने प्रयास गर्नुपर्ने समय देखिदो रहेकोछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया