वरिष्ठ डाक्टर आईएल आचार्यकाे निधन

 जेठ २, २०७८ आइतबार १३:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ ग्यास्ट्राेइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा. आचार्यको आइतवार बिहान निधन भएको हो । 

कोभिड–१९ काे सङ्क्रमण भएपछि गएको वैशाख १८ गते उहाँ अस्पताल भर्ना हुनु भएको थियो । वैशाख २९ गते उहाँकाे काेभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो । तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार उपचारमा जाँदा उहाँको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्यलाई नेपालकाे ग्यास्ट्राेइन्टेराेजाेली क्षेत्रका पिता भनेर चिनिन्छ ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया