नेप्से परिसूचक २७ सय ३८ बिन्दुमा, १० अर्ब ४० करोडको कारोबार

 जेठ २, २०७८ आइतबार १७:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आइतवार (आज) ५४ अङ्कभन्दा धेरैले बढेर दुई हजार सात सय ३८ दशमलव २९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा उच्च विन्दु २ हजार ७ सय ३५ दशमलव ४६ अङ्क रहेको थियो ।

आज कारोबार हुने सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक पाँच सय ८४ दशमलव २१, जीवन बीमा समूहको परिसूचक पाँच सय २८ दशमलव ७८ र विकास बैंक समूहको परिसूचक एक सय १२ दशमलव ५९ अङ्कले बढेको छ ।

यस्तै आज कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज १० अर्ब ४० करोड रुपैयाँ बराबरकाे दुई करोड १३ लाख कित्ता सेयर किनबेच भएको छ । यो एकैदिन कारोबार भएको रकम अहिलेसम्मकै उच्च हो ।

आज नेपाल रिइन्स्योरेन्ज कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडकाे शेयर आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया