आज मदन–आश्रित स्मृति दिवस

 जेठ ३, २०७८ सोमबार ७:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने नभएको एमालेले जनाएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरी जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित भएको बताउनुभएको छ । साथै उहाँले तीन वर्ष अघि एमाले र माओवादी केन्द्रबीच भएको एकता समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गरिएको प्रयास भए पनि एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाउनुभएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया