कोरोना विरुद्धको खोप अभियान : ललितपुर महानगरमा जेठ ६ देखि १३ गतेसम्म

 जेठ ३, २०७८ सोमबार १२:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले आउँदो बिहिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले जेठ ६ गते बिहिबारदेखि जेठ १३ गतेसम्म खोप लगाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । यस अघि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप दिन लागेको महर्जनले बताउनुभयो ।

महानगरपालिकाले २९ वटै वडाहरुमा खोप केन्द्र राखेर सकेसम्म कम भिडभाड हुने गरी खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया