वर्षाका कारण सडक भासियो, बेसीशहर–चामे सडक अवरुद्ध

 भदौ ८, २०७५ शुक्रबार १७:८:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ–बेसीशहर–चामे सडक वर्षाका कारण अवरुद्ध भएको छ । 

मस्र्याङ्दी गाउँपालिका–४, मा रहेको च्याम्चेको बुड छहरा र घट्टेखोला बीचमा सडक भासिएपछि सडक अवरुद्ध भएको हो ।

मस्र्याङ्दी गाउँपालिका–४, का वडाअध्यक्ष सुमन गुरुङका अनुसार बिहीबार राति परेको वर्षाले मस्र्याङ्दीको वहाव बढेको छ । 

मस्र्याङ्दीले कटान गर्दा सडक भासिएको छ । पहिरो गएको छ । मस्र्याङ्दीको कटानले करिव ७० मिटर सडक भासिएको छ ।   

बर्खाको समयमा पहिराको कारण सडक भासिँदा सवारी आउजाउमा निकै समस्या भएको सवारी चालकहरु बताउँछन् । सवारी नचल्दा स्थानीय तथा पर्यटकहरुलाई आवजावतमा निकै समस्या भएको छ । 

मनाङको चामे नजिकै कोतो क्षेत्रमा खसेको पहिरोकै कारण एक सातासम्म यस सडक अवरुद्ध भएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया