नेपाली फुटबल खेलाडीमा पहिलो पटक ‘जिपीएस ट्रयाकर’ लगाइने

 भदौ ८, २०७५ शुक्रबार १९:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

खेलाडीमा लागू गरिने ‘जिपीएस ट्रयाकर’ प्रविधि नेपालले पहिलो पटक भित्र्याएको छ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिमका खेलाडीलाई अभ्यासका क्रममा ‘जिपीएस ट्रयाकर’ लगाइएको छ ।

बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका खेलाडीले पहिलो पटक जिपीएस ट्रयाकर लगाएर अभ्यास गरे । अन्य देशमा यसको प्रयोग निकै अगाडि भएपनि नेपालमा भने बल्ल भित्रिएको हो ।

यसले खेलाडीको गति, प्रतिक्रिया लगायतका सम्पूर्ण रेकर्ड राख्ने गर्छ । जसका कारण खेलाडीको फिटनेस कतिको छ भन्ने सम्पूर्ण जानकारी प्राप्त हुन्छ ।

साफका लागि हाल २९ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । जसबाट अन्तिम २३ खेलाडीलाई छनोट गरिनेछ । एशियन गेम्समा खराब प्रदर्शनपछि नेपाली टिम साफको तयारीमा लागेको छ ।

सेप्टेम्बर ४ बाट सुरु हुने प्रतियोगिताको समुह ए मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको भिडन्त भुटानसँग हुनेछ भने समुहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया