नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – सरकारले कोरोना लगायत विभिन्न कारणले यो विषम परिस्थितिमा अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै गएको वर्षजस्तै श्रमिकहरूको समस्या नदोहोरियोस् भन्नका लागि तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, विभागका महानिर्देशक र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाइएको हो । सञ्चारको पाटो भने वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरले गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
‘कोरोना महामारीको कारण पुनः समस्याहरू सुरु हुन थालेका छन्, त्यसकारण यो टिमले विषेश गरी सम्बन्धित देशमा रहेका नेपाली नियोगसँग समन्वय गरी उद्धारको काम गर्नेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,‘समस्या आउनसाथ त्यसको समाधानतर्फ तत्काल यो संयन्त्रले काम गर्नेछ ।’
कोरोना सङ्क्रमण रोकथामका लागि उडानहरू बन्द भएपछि घर फर्कने तयारीमा रहेका नेपालीहरू श्रम गन्तव्य देशमा अड्किएका छन् । कतिपय त कम्पनीले तोकेको समयमा घर फर्कन नसक्दा अलपत्र जस्तै भइसकेका छन् ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार अब यस्ता समस्या सम्बन्धित देशमा रहेको नेपाली नियोगसँगको समन्वयमा समाधान हुने छ भने नियोगले अनुरोध गरेको खण्डमा अलपत्र परेका श्रमिकको उद्धार र त्यहाँ रहँदासम्मका लागि खाने बस्ने व्यवस्थाका लागि समेत बोर्डले रकम पठाउने छ ।
महामारीको समयमा मात्र नभई सामान्य अवस्थामा पनि श्रमिक अलपत्र पर्दा नियोगको अनुरोधमा बोर्डले रकम पठाउने गर्छ ।
‘हामीले सामान्य अवस्थामा त रकम पठाउँदै आएका थियौँ, झन् यो विषम परिस्थितिमा कोही श्रमिक समस्यामा हुनुहुन्छ र उहाँको सुरक्षित स्वदेश फिर्तीका लागि नियोगले माग गरेको आधारमा बोर्डले सहयोग नगर्ने भन्ने कुरै हुँदैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ।
अब यो समयमा स्वदेश फर्कने नेपालीको तथ्याङ्क सङ्कलनको काम पनि विमानस्थलमा छुट्टै कक्षको स्थापना गरेर बोर्डले नै गर्नेछ । अहिले पनि वैदेशिक रोजगारीमा हिँडेका र फर्किएकाहरुलाई सही सूचना र जानकारी दिनका लागि बोर्डले सहायता कक्ष विमानस्थलमै सञ्चालन गरिरहेको छ ।
नेपाली श्रमिकको श्रम गन्तव्य देशहरूमा पनि फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Aakash bk
May 26, 2021, 6:36 a.m.हामीहरु दिल्लीमा ६/७ जना बसिरहेका छौं, मालिकले पैसा पनि दिएको छैन , अनि खानलाई पनि पैसा छैन , हामी नेपाल आउन चाहन्छौं /