सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - सार्वजनिक पद तथा गोपनीयताको शपथ लिँदाको ब्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न अस्वीकार गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्न लगाए पनि ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो । त्यसको एक हप्तापछि बिहीवारको मन्त्रिपरिषद् बैठकले शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो। मन्त्रिपरिषद्को सिफारिसबमोजिम ‘शपथ सम्बन्धी अध्यादेश-२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएका शपथको ब्यहोरा यसै बमोजिम भएका मानिने उल्लेख छ ।
यसअघिको शपथको ब्यहोरामा ‘सम्बन्धित पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने थियो । नयाँ अध्यादेशमा ‘अधीनमा रही’ भने शब्द हटाएर ‘प्रचलित कानुनको पालना गरी’ भन्ने वाक्य थपिएको छ । त्यस्तै ‘मुलुक र जनताको सोझो चिताइ’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताइ’ भन्ने थपिएको छ ।
शुक्रवार राजपत्रमा प्रकाशित अध्यादेश अनुसार शपथ लिँदा र गराउँदा नेपाली भाषाका अलावा मातृभाषामा पनि लिन पाइनेछ । शपथ लिन र गराउन औपचारिक पोसाक अनिवार्य गरिएको छ । तर, संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोसाकमा पनि शपथ लिन सकिने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।