अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्दै

 जेठ ८, २०७८ शनिबार १२:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाबाट आज स्वास्थ्य सामग्री नेपाल आउँदैछ ।

दिउँसो सवा १ बजे अमेरिकाले पठाएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी सहयोग नियोग यूएसएआइडीमार्फत सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइँका लागि यो आपतकालीन सहयोग भएको जनाएको छ । पछिल्लो  तीन हप्तामा अमेरिकाले डेढ करोड डलरभन्दा बढीका स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको अमेरिकाले जनाएको छ। अमेरिकाले नेपालसहित दक्षिण एशियाली देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने बताएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया