पहाडी क्षेत्रको मौसम बद्ली : थोरै ठाउँमा पानी पर्ने सम्भावना

 जेठ ९, २०७८ आइतबार ८:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशकाे पहाडी क्षेत्रको मौसम बद्ली भएको छ । तराईका थोरै ठाउँमा मौसम आंशिक बद्ली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो प्रदेश-१, वाग्मती तथा गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । त्यस्तै आज राति पनि प्रदेश-१, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मौसम बद्ली भइ कतैकतै पानी पर्ने अनुमान छ ।

आज अरु ठाउँको मौसम सफा रहनेछ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया