राष्ट्रपति ट्रम्पले उत्तर कोरिया जाने तयारीमा रहेका विदेशमन्त्रीलाई किन रोके ?

 भदौ ९, २०७५ शनिबार ७:१८:३३ | एजेन्सी
unn.prixa.net

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको प्रस्तासवत यात्रा रद्ध गर्न निर्देशन दिएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपमा परमाणु हतियार नष्ट गर्ने कार्यमा पर्याप्त प्रगति नभएको भन्दै यस्तो बेलामा उत्तर कोरियाको भ्रमण उपयुक्त नहुने बताएका हुन् । 

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीन र अमेरिकाबीचमा व्यापारका विषयमा उत्पन्न भएको तनावका कारण पनि उत्तर कोरियामाथि पर्याप्त दबाब बनाउन नसकिएको उल्लेख गरेका छन् । 

गएको जून महिनामा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको शिखर वार्तापछि भने राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताएका थिए । 

तर त्यसपछि भने उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रम बन्द नगरेको खबरहरु आए । हालै मात्रै एक अमेरिकी अधिकारीले वाशिंगटन पोस्टलाई उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइराखेको बताएका थिए । 

संयुक्त राष्ट्र संघको परमाणु एजेन्सीले पनि उत्तर कोरियालले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ ।

माइक पोम्पेओ उत्तर कोरियाका लागि नियुक्त अमेरिकी विशेष दूत स्टीफन बीगनका साथ अर्को हप्ता उत्तर कोरिया जाने तयारीमा थिए । तर ट्रम्पको निर्देशनपछि भने उनको भ्रमण रद्ध भएको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया