बुण्डेसलिगाको नयाँ सिजन सुरु, बायर्नको विजयी सुरुवात

 भदौ ९, २०७५ शनिबार ७:५३:५५ | एजेन्सी
unn.prixa.net

जर्मन फुटबल लिग बुण्डेसलिगाको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । पहिलो खेलमा बायर्न म्युनिखले नाटकीय खेलमा हफेनहेमलाई ३–१ गोलले पराजित गरेको छ ।

यसै सिजन अनुबन्ध भएका बार्यनका प्रशिक्षक निको कोभाकको यो पहिलो लिग खेल हो ।

खेलको २३औं मिनेटमा थोमस मुलरले गोल गरी बायर्न लई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बायर्नले दोस्रो हाफको सुरुमै गोल खान पुग्यो । हफेनहेमका लागि अडम जालाइले गोल गरेका थिए ।

तर, खेलको अन्त्यतिर बायर्नले पेनाल्टी पायो । ८२औं मिनेटमा पाएको पेनाल्टीमा रोवर्ट लेवाण्डोस्कीले गोल गरी अग्रता २–१ को अवस्थामा पुर्‍याए । खेलको अन्तिम मिनेटमा आर्जेन रोवेनले बायर्नका लागि निर्णायक गोल गरे ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया