दासढुङ्गामा बस र ट्रक ठोक्किए : २८ जना घाइते

 भदौ ९, २०७५ शनिबार ८:२९:२३ | रासस
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डमा शनिबार बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । 

दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।

घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया