एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिममा अर्को सरकार बन्न कठिन हुने

 जेठ ११, २०७८ मंगलबार ८:२४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा अर्को सरकार बन्न कठिन हुने देखिएको छ । हिजोको एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने सम्भावना बढेको छ । तर नयाँ सरकार बन्न पनि उत्तिकै कठिन देखिएको छ ।

सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतको लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवेश गरेकाले जम्मा १३ जना सांसद रहेका छन् । मुख्यमन्त्री पद जाेगाइरहन त्रिलोचन भट्टलाई अब १४ जना सांसदको आवश्यकता रहेको छ ।

उहाँले कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सदस्यको साथ लिएर बहुमत जुटाउन सक्नुहुन्छ तर जसपाकी प्रदेशसभा सदस्य मालामती राना थारु महन्थ ठाकुर पक्षमा रहेकाले भट्टलाई साथ दिनेमा शङ्का रहेको छ । बहुमतको लागि एमालेलाई थप तीन जना प्रदेशसभा सदस्य आवश्यक पर्ने देखिएको छ तर उसलाई पनि बहुमत जुटाउन सकस देखिन्छ ।

एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने र नयाँ सरकार बन्न पनि कठिन हुने भएपछि केन्द्रमा जस्तै अन्योलको अवस्था देखिने सम्भावना बढेको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया