एमालेले थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठायाे

 जेठ १२, २०७८ बुधबार १९:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

नेकपा एमालेले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । गएकाे साेमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमालेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । मौखिक रूपमा सम्झाउने प्रयास असफल भएपछि लिखित रूपमै स्पष्टीकरण सोधिएको तामाङको भनाइ छ ।

नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो  ।

सोमवारको स्थायी कमिटी बैठकले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीलगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको थियो ।   

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया