पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको विज्ञप्ति : कामचलाउ सरकारले मतदातालाई प्रभाव पार्ने बजेट नल्याओस्

 जेठ १३, २०७८ बिहीबार ११:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारलाई आग्रह गरेका छन् ।

सरकारले आउँदो कात्तिक र मंसिरमा चुनाव घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा मतदातालाई प्रभावित पार्ने कुनै कार्यक्रम नसमेट्न पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले आग्रह गरेका हुन् ।

संयुक्त विज्ञप्ति निकालेर पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, भोजराज पोखरेल, डा.अयोधिप्रसाद यादव, सूर्यप्रसाद श्रेष्ठ र दोलखबहादुर गुरुङले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित बजेट नल्याउन कामचलाउ सरकारलाई  ध्यानाकर्षण गराउनुभएको छ ।

समान प्रतिस्पर्धाको सिद्धान्तमा रहेर मात्रै बजेट ल्याउन उहाँहरुको माग छ । यस्तै निर्वाचन आयोगले पनि आफ्नो संवैधानिक दायित्वको ख्याल गरेर सम्बद्ध पक्षलाई समयमै सजग गराउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया