तमिलकी छोरी, नेपालकी बुहारी (भिडियो कथा)

 भदौ ९, २०७५ शनिबार ११:२४:५४ | रीतु थेबे

काठमाडौं – तमिल मूलकी सेल्भीका प्रेमी थिए, मोरङको उर्लाबारी नगरपालिका –३, थापा चौकका विक्रम बोहोरा । सेल्भी र विक्रम भेटको सुरुवातमा मलाया भाषामा कुराकानी गर्थे ।

प्रेम झाँगिदै गएपछि दुवैले एक अर्काका भाषा सिक्न जरुरी ठाने र सिके । अहिले विक्रम तमिल र सेल्भी नेपाली भाषामा फरर्र कुराकानी गर्न सक्छन् । 

विक्रमले मलेसियालाई कर्मथलो बनाएको १४ वर्ष भयो । सुरुमा उहाँ लेबरको भिसामा एयर कण्डिसन बनाउने उद्योगमा काम गर्न जानु भएको थियो । त्यो उद्योग थियो, मलेसियाको सेलेङगर राज्यस्थित काजाङमा । हो त्यसैबेला भेट भएको थियो, स्थानीय सेल्भीसित । सेल्भी त्यसबेला शिक्षिका हुनुहुन्थ्यो । 

विक्रम बस्ने लेबर क्याम्प र सेल्भीको घर नजिकै थियो । दुई चार दिनको देखादेखपछि कुराकानी हुन थाल्यो । सुरुमा साथीका रुपमा विक्रम सेल्भीको घरमा आउजाउ गर्नुहुन्थ्यो । जतिबेला उहाँहरुबीच परिचय साटियो, त्यसबेला सेल्भीकी आमा बिमारले थलिएर ओछ्यानमा हुनुहुन्थ्यो ।

बिरामी हुँदा विक्रमले सहयोग गर्न थालेपछि सेल्भीकी आमा पनि छोरी र विक्रमबीचको सम्बन्धमा सकारात्मक बन्नुभयो । अन्ततः उनीहरुले परिवारकै सहमतिमा बिहे गरे । 

अन्तिम अपडेट: चैत ४, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

1 Comments

  • Keshav Rimal

    Aug. 26, 2018, 9:08 a.m.

    Good news

  •  0 Reply

तपाईको प्रतिक्रिया