दाङ : एउटै कारमित्र मृत भेटिएका तीन बालककाे निसास्सिएर ज्यान गएकाे हाे : भिसेरा रिपाेर्ट

 जेठ १३, २०७८ बिहिबार १४:५६:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा गएको वैशाख १८ गते एउटै कारभित्र मृत भेटिएका तीन बालकको निसास्सिएर ज्यान गएको भिसेरा रिपोर्टले देखाएको छ । 

तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउँका भीमबहादुर परियारका छोरा नाै वर्षका सन्दीप, सन्तोष परियारका छोरा सात वर्षका सुवास र किरण परियारका छोरा ६ वर्षका करण स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका थिए । 

ती बालकहरूको निसास्सिएर ज्यान गएकाे तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शिबबहादुर सिंहले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया