पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली

 जेठ १४, २०७८ शुक्रबार १६:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाउनुभएको छ ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको बताउनुभयो । 

सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा विघटन गर्नुभएको प्रधानमन्त्री ओलीकाे दाबी छ ।

बजेट सार्वजनिक गर्नुपर्ने समय नजिकिएको र राजनीतिक अन्याेल कायम राख्नु उचित नहुने भएकाले संविधानको धारा ७६ काे उपधारा ५ अनुसार सरकार बनाउन आफूले सिफारिस गरिएको उहाँकाे भनाइ छ । 

आफ्नो कदम राजनीतिक अन्याेलबाट मुक्त गर्ने उद्देश्यले भएको र प्रधानमन्त्रीमा दाबी गर्दा आफूलाई एमालेका एक सय २१ र जसपाका ३२ सांसदको समर्थन रहेको समेत ओलीले दाबी गर्नुभयो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया