बजेट : अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा समस्या

 जेठ १६, २०७८ आइतबार ६:५९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थशास्त्री डा. विश्व पौडेलले विगत तीन वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिएको भन्दै अहिले पनि त्यस्तै हुने सम्भावना रहेको बताउनुभएको छ ।

११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्नेमा शङ्का रहेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको बजेटले सिधासादा मतदातालाई ललीपप बाँढेको देखिएको बताउनुभएको छ । जसपाको सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बजेट सार्वजनिक भएलगत्तै ट्वीटमार्फत प्रतिक्रिया दिँदै उहाँले अहिलेको बजेटमा पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको आरोप लगाउनुभएको छ ।

पूर्वअर्थमन्त्री रामशरण महतले कामचलाउ सरकारले आउने असारसम्मका लागि मात्रै बजेट ल्याउनुपर्नेमा पूर्ण आकारको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका महतले राजनीतिक फाइदा लिने उद्देश्यबाट पूर्ण आकारको बजेट ल्याइएको भन्दै बजेट तुरुन्त कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्नुभयो । 

पूर्व अर्थमन्त्री वर्षमान पुनले यो कार्यान्वयन नहुने चुनावमुखी बजेट भएको भन्दै आफूहरुको सरकार आएमा यो बजेट खारेज गर्ने बताउनुभयो । माओवादी केन्द्रका नेतासमेत रहेका पुनले अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको र प्रतिनिधिसभा पुनर्स्थापना भए यो बजेट खारेज हुने दाबी गर्नुभयो।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया