सुनको भाउ फेरी निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै अब दुई सन्तानकाे कडा नीति समाप्त भएकाे छ ।
चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति सी जिनपिङकाे नेतृत्वमा भएकाे पाेलिटब्युराे बैठकमा तीन सन्तान जन्माउन पाउन अनुमति दिने निर्णय लिइएकाे हाे ।।
चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीतिसमेत लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउनेका लागि अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवालाई विवाह र परिवारबारे शिक्षा दिइने जस्ता सुविधाहरु अघि सारेको जनाइएको छ ।
चीनमा एक दशकमा हुने जनगणनामा त्यहँ जनसङ्ख्या पछिल्लाे केही दशकमा पहिलाे पटक सुस्त गतिमा बढिरहेकाे पाइएपछि यस्ताे निर्णय आएकाे हाे ।
यसपछि धेरै बच्चा जन्माउनका लागि गर्न र जनसङ्ख्या गिरावट राेक्न चीनमाथि दबाब बढेकाे थियाे ।
यस महिनाकाे सुरुवातमा जारी जनसङ्ख्याकाे आँकडामा गएकाे वर्ष चीनमा एक कराेड २० लाख बालबालिका जन्मिएका र याे सन् २०१६ पछि भएकाे ठूलाे गिरावट र १९६० पछि सबैभन्दा कम बालबालिका जन्मिएकाे बताइएकाे थियाे ।
सन् २०१६ मा चीनमा एक कराेड २० लाख बालबालिका जन्मिएका थिए ।
जनसङ्ख्याकाे यी आँकडापछि चीनले बच्चा जन्माउनका लागि पारिवारिक नीतिहरू खुकुलाे पार्ने मान्न थालिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।