४० माइक्राेन भन्दा पातला प्लास्टिक उत्पादन राेक्ने पूर्वतयारी गर्न विभागकाे आग्रह

 जेठ १७, २०७८ सोमबार १८:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वातावरण विभागले ४० माइक्रोन भन्दा पातला प्लास्टिक उत्पादन रोक्ने पूर्वतयारी गर्न उद्योगहरूलाई आग्रह गरेको छ । सरकारले आउँदो साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने जानकारी गराउँदै त्यसअघि नै पातला प्लास्टिककाे उत्पादन रोक्न भनेको हो ।

विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले प्रेस विज्ञप्ति निकालेर अहिले पातला प्लास्टकि उत्पादन गरिरहेका उद्योगहरूले मेसिनको पाटपुर्जा परिवर्तन गरेमा त्यसको खर्च अनुदान स्वरूप उपलब्ध गराउने जानकारी गराउनुभएको छ ।

सरकारले आउँदाे वर्षको बजेटमा साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । विभागले व्यापारिक प्रतिष्ठानहरूमा प्लास्टिक झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्न पनि आग्रह गरेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया