लाभदायक ‘सिस्नो पाउडर’ कोरोना सङ्क्रमित बिरामीको लागि नि:शुल्क

 जेठ १८, २०७८ मंगलबार ७:३:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको धुलो (पाउडर) कोरोना सङ्क्रमित भएर आइसोलेशनमा भर्ना भएका बिरामीहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराइएको छ ।

रुकुम पश्चिममा सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइसोलेशन अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराएको हो । 

हिमालय सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले नि:शुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई अभियानको अवधिभर बिरामीको इच्छा, माग र आवश्यकता अनुसार सिस्नोको धुलो उपलब्ध गराउने बताउनुभयो । स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको सेवनले मधुमेह, मुटुरोग, क्यान्सर जस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने, प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ पाइने गर्दछ ।

स्वस्थकर र स्वादिष्ट मानिने सिस्नो पाउडर प्राकृतिक हिसाबले समेत शुद्ध मानिन्छ । ‘पाउडरको रुपमा उत्पादन गरिएको सिस्नो खानाको विभिन्न परिकारसँग र नियमित चियाको रुपमा समेत उपभोग गर्न सकिन्छ’, उद्योग सञ्चालक शर्माले भन्नुभयो, ‘रोग प्रतिरोधी क्षमता विकासमा महत्त्वपूर्ण हुने भएकाले सङ्क्रमितलाई हित हुने र नि:शुल्क खाना खुवाउने अभियानमा ऐक्यबद्धता जनाउन सिस्नोको धुलो उपलब्ध गराइएको हो ।’ 

अहिले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा मेस सञ्चालन गरेर त्यहीँबाट खाना, नास्ता प्याक गरेर नि:शुल्क रुपमा खुवाउँदै आइएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया