बेइजिङबाट आठ लाख डोज र कुन्मिङबाट एक लाख डोज खोप आउँदै

 जेठ १८, २०७८ मंगलबार ७:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनबाट आज ९ लाख डोज खोप काठमाण्डौ ल्याइँदैछ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजबाट र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सको जहाजबाट ल्याउन लागिएको हो । खोप आएपछि कसलाई कहिलेदेखि वितरण गर्ने भन्नेबारे निर्णय हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाण्डौ ल्याउन लागिएको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।

चीनबाट अहिले ल्याइने भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी छ । यसअघि कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन नसकिने सरकारले बताइसकेको छ ।

पहिलो डोज कोभिसिल्डको लगाएकाले दोस्रो डोज पनि कोभिसिल्डकै खोप चाहिने र भारतबाट कोभिसिल्डको खोप ल्याउन नसकिएपछि समस्या भएको हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया