एमालेमा सहमतिको पहल, दुवै पक्षका दोस्रो तहका नेताहरुबीच छलफल

 जेठ १८, २०७८ मंगलबार ११:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभाजनको नजिकै पुगेको सत्तारुढ नेकपा एमालेमा फेरि सहमतिको पहल सुरु भएको छ । माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि अवरुद्ध भएको सहमतिको प्रयास फेरि सुरु भएको हो ।

संस्थापन पक्षले नेताहरु नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ भने अरु १२ जनालाई स्पष्टीकरण सोधेको छ । तर उनीहरुले स्पष्टीकरणको जवाफ दिएका छैनन् । स्पष्टीकरण नदिने उनीहरुलाई समेत कारबाही गर्ने तयारी भइरहँदा दुवै पक्षका दोस्रो तहका नेताहरु सहमतिको प्रयासमा लागेका हुन् ।

हिजो बेलुकी पनि ओली र नेपाल समूहका दोस्रो तहका नेताहरुबीच छलफल भएको छ । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासमा नेताहरु छलफलमा जुटेका हुन् । सहमतिको पहल भइरहे पनि निष्कर्ष भने आइनसकेको नेताहरुको भनाइ छ ।

यसअघि एमालेले पार्टीविरुद्ध गतिविधि गरेको, कांग्रेसलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, प्रतिनिधि सभा विघटनविरुद्ध अदालत गएको तथा ह्वीप उल्लङ्घन गरेको भन्दै खनाल र नेपालसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।

लगत्तै देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने अरु नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र विरोध खतिवडालाई पनि एमालेले स्पष्टीकरण सोधेको छ । तर उनीहरुले स्पष्टीकरण बुझाएका छैनन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया