चीनबाट ८ लाख डोज खोप काठमाण्डौ ल्याइयो, थप एक लाख खोप आजै आउँदै

 जेठ १८, २०७८ मंगलबार १५:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसाे काठमाण्डौ आइपुगेको छ ।  नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पाैने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।

आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार चीनले अहिले उपलब्ध  गराएको भेरोसेल खोप उच्च जोखिम समूहमा रहेकालाई उपलब्ध गराइनेछ । ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६५ वर्षमाथि नाै लाखभन्दा बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया