संवैधानिक इजलास स्थगित हुनुअघि चार न्यायाधीशले दिएकाे राय यस्ताे छ (पूर्ण पाठ)

 जेठ १८, २०७८ मंगलबार १६:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई जना न्यायाधीशले संवैधानिक इजलास छाडेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो २३ गतेसम्मका लागि स्थगित भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम हुनेमा ढुक्क हुन नसकिएको भन्दै इजलास छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित गर्नुभएको हो ।

आजको संवैधानिक इजलासमा आफ्नो राय पेस गर्दै न्यायाधीशद्वय कार्की र भट्टराईले प्रधानन्यायाधीशले आवश्यक ठानेको खण्डमा आफूहरू बस्न तयार रहेको पनि बताएका छन् । यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएका थिए । नेकपा दर्ता बदरसम्बन्धी मुद्दा हेरेकाले उनीहरू इजलासमा बस्न नमिल्ने भन्दै उनीहरूले विरोध गरेपछि रिटको सैद्धान्तिक विषयमै छलफल हुन सकेको थिएन ।

आज पुरानै संवैधानिक इजलास गठन गरेपछि न्यायाधीशहरू कार्की र भट्टराईले आफ्नो रायसहित इजलास  छाडेका हुन् । यस्तै न्यायाधीश केसी र श्रेष्ठले पनि इजलासमा छुट्टाछुट्टै राय पेस गर्दै पहिलेको र अहिलेको दुई मुद्दाको कुनै सम्बन्ध नहरेकाले आफूहरू इजलासमा बस्न कुनै बाधा नरहेको उल्लेख गरेका थिए । त्यसपछि २३ गतेसम्मका लागि सुनुवाइ स्थगित गर्दै प्रधानन्यायाधीश जबराले अर्को इजलास गठन गर्ने जानकारी दिनुभएको छ ।

यस्ताे छ चार न्यायाधीशको राय–

  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया