लगातारको वर्षाले कच्ची सडक भत्काउँदा चुरे भएर सञ्चालन हुने यातायात ठप्प

 जेठ १९, २०७८ बुधबार १२:२५:५० | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही –  लगातारको वर्षाले कच्ची सडक बगाएपछि चुरे भएर सञ्चालन हुने सबै  यातायात सञ्चालन हुन छोडेका छन् ।  केही दिन अघि परेको  पानीले कच्ची सडक  बिगारेपछि  तीन दिन देखि सबै सवारीका साधन सञ्चालन हुन बन्द भएको हरिहरपुर गढी गाउँपालिका ७ का वडाध्यक्ष बालकृष्ण नेपालले  बताउनुभयो । 

लगातारको वर्षले वाग्मती झन्झने पिपलमाढी , नयाँरोड कौवा, हरिवन क्यानखोला, लालबन्दी  सतास नारणखोला मरिण र परवानीपुर महादेवस्थान जोड्ने  कच्ची सडक बिग्रिएको हो । सडक भत्किएर यातायात नचल्दा दुर्गम बस्तीका स्थानीयले समयमा उपचार पाउन सकेका छैनन् ।

कच्ची   सडक  भत्किएपछि स्थानीयले बिरामीलाई झोलुङ्गो र डोकामा बोकेर  उपचार गर्न ल्याउनु पर्ने बाध्यता भएको स्थानीयकाे गुनासो छ ।

'ठूलो पानी परेपछि  जुनसुकै बेला चुरेको बाटो बन्द हुन्छ, कुनै गाडी चल्दैनन् , त्यस्तो बेला  बिरामीलाई बाहिर उपचार गर्न लैजान साह्रै समस्या पर्छ' थिमिलेडाँडाका धनजीत मोक्तान भन्नुहुन्छ, 'पानी परेको  बेलामा  बिरामीलाई कपडाको  झोलुङ्गो र डोकोमा बोकेर उपचार गर्न लैजानु पर्छ। कतिलाई त अस्पताल पुर्‍याउन नै सकिँदैन ।'

कच्ची सडक  पानीले बगाएपछि दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समेत मुस्किल परेको छ । यातायात सहज नहुँदा अहिले उपभोग्य वस्तु समेत स्थानीय  बोकेर लैजाने गरेका छन । बगरको बाटो खोलाले  बगाएको र  चुरेको बाटो भत्किएका  कारण आवतजावत गर्न  समस्या परेको स्थानीयको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया