चीनमा ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारकाे बर्ड फ्लु पहिलाे पटक पुष्टि

 जेठ १९, २०७८ बुधबार १४:१०:३ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पाइएको छ । NH10N3 (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ ।

यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी सङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।   

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता सङ्क्रमणको पहिचान भएको थियो । अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् ।   

बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको घटना कहिलेकाहीँ सुनिन्छ । 

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु देखिएन । 

बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमण पुष्टि भएका ती व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो ।    

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया