एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षप्रति लचक हुने विषयमा छलफल हुने

 जेठ १९, २०७८ बुधबार १४:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले गरेको प्रयासको विषयमा छलफल हुनेछ ।

पार्टी फुटबाट रोक्न प्रधानमन्त्री ओली र नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदल निष्क्रिय रहे पनि दुवै पक्षका मध्यम तहका नेताहरूले छलफल गरिरहेका छन् । हिजो राति पनि गोकर्ण विष्ट, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेताहरूबीच भेटवार्ता भएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले वार्ता गर्न कार्यदल बनाउने र नेताहरूलाई कारबाही पनि गर्ने दोहोरो चरित्र देखाएको भन्दै माधव नेपाल पक्षका नेताहरू रुष्ट बनेका छन् । आजको स्थायी कमिटीको बैठक माधव नेपाल पक्षप्रति नरम बनेरै भए पनि पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले प्रस्ताव राख्ने तयारी गरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया