शेयर बजार ११ अङ्कले घटेर २७ सय विन्दुमुनि, काराेबार रकम भने...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाैकाे पुरानो नैकापमा माटाेकाे ढिस्कोले पुर्दा दुई जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ कङ्कालिनी मन्दिर नजिकै प्लटिङ गरिएको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा काम गर्दै गरेका दुई जनाको ज्यान गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन खाँणले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरूमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ घर भएकी सीता राई र मकवानपुरको राङसिराङ गाउँपालिका वडा नम्बर ९ घर भएका टेकबहादुर चेपाङ रहेका छन् । उदयपुर कटारीका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिकाका हरि घले घाइते भएका डीएसपी खाँणले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।