काठमाण्डाै उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियाे, 'केही खुकुलाे'

 जेठ १९, २०७८ बुधबार १६:९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएकाे छ । आज बसेकाे काठमाण्डाै उपत्यकाकाे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठकले निषेधाज्ञा १० दिन थपेर जेठ मसान्तसम्म बढाउने निर्णय गरेकाे हाे । 

थपिएको निषेधाज्ञा भोलि रातिदेखि आउँदो जेठ ३१ गतेसम्म लागू हुनेछ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक घरबाहिर निस्कन पाइने छैन ।

यस पटक थपिएकाे निषेधाज्ञामा प्रवाधानहरू केही खुकुलाे बनाइएकाे छ । यसअघि थपिएकाे निषेधाज्ञामा खाद्यान्नका पसलसमेत सञ्चालन गर्न राेक लगाइएकाेमा यस पटककाे निषेधाज्ञामा खाद्यान्न पसल पनि खाेल्न पाइने भएकाे छ ।

तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने प्रशासन कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चल्न पाउने भएका छन् ।

त्यस्तै गाडी मर्मतका वर्कशप राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । आदेशका अरू प्रावधान भने १४ गते अगाडिकै यथावत् रहने छन् । कोरोना सङक्रमण नियन्त्रणका लागि गएको जेठ १४ देखि थप कडाइसहित थपिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो ।

यस्ता छन् निर्णय–

 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया