शेयर बजार ११ अङ्कले घटेर २७ सय विन्दुमुनि, काराेबार रकम भने...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विजयकुमार झाले अहिलेकै अवस्थामा कोरोना भाइरसकाे सङ्क्रमण घटेको भन्न नमिल्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक झाले परीक्षण घटेका कारण सङ्क्रमण घटेजस्ताे देखिए पनि जोखिम उस्तै रहेको बताउनुभयो ।
अहिले सङ्कलन गरिएका नमुनामध्ये ३० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएको भन्दै उहाँले परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको सङ्ख्या पनि बढ्ने बताउनुभयो । यसअघि सहरी क्षेत्रमा सङ्क्रमण बढी फैलिएको र परीक्षणको पहुँच रहेकोमा अहिले गाउँगाउँसम्म सङ्क्रमण फैलिएको र त्यहाँ परीक्षणको पहुँच कम रहेको निर्देशक झाले बताउनुभयो ।
काेराेना सङ्क्रमणकाे फैलावटकाे अवस्था थाहा पाउन समुदायस्तरका ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आफूहरूले गाउँगाउँसम्म एन्टिजेन किट पठाइरहेको भन्दै त्यसबाट नतिजा आउने बताउनुभयो ।
अहिले समुदायका घरघरमा कोरोना फैलिरहेको हुन सक्ने भन्दै उहाँले पालिकाहरूले आवश्यक समुदाय पत्ता लगाएर परीक्षण गर्नुपर्ने बताउनुभयो । डा. झाले यस बेला त्रास फैलाएर डर देखाउनुभन्दा सबैलाई भरोसा दिँदै सङ्क्रमित पत्ता लगाउनुपर्नेमा जाेड दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।