देशभित्र र बाहिरकाे महामारीकाे अवस्थाप्रति हामी चिन्तित छाैँ : पूर्वराजा शाह

 जेठ २०, २०७८ बिहीबार १३:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । 

बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो । 

उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको छ । अहिले आफू दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिनुभएको छ ।

भारतकाे कुम्भमेलामा गएर आएपछि पूर्वराजा दम्पतीलाई काेराेना सङ्क्रमण भएकाे थियाे । अहिले दुवै जना डिस्चार्ज भइसक्नुभएकाे छ । 

तर उहाँले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, ‘महामारीको प्रक्रिया चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौँ ।’

यस्तै पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्नुभएको छ । उहाँले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिडका कारण ज्यान गुमाएका आत्माको चीर शान्तिको कामना पनि गर्नुभएको छ ।    

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sherchan Dipak

    June 3, 2021, 3:24 p.m.

    कोभिद १९ को कारण लाखौँ ज्यान गुमेकोछ , त्यति मात्र होइन आर्थिक क्षेत्रमा दीर्घकालीन असर खेप्नुपरेको छ / हामी नेपालीको सपना ओझेलमा पर्नसक्ने खतरा भएकोले युवावर्ग नै अग्रसर हुनुपर्ने संकेत छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया