घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – भारतको यूकेएफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
धरान रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा एनआरटीले यूकेएफसीलाई ३–१ गोलले हरायो । एनआरटीका प्रदीप बुढाथोकीले २ र शिशिर लेखीले १ गोल गरे । यूकेएफसीका हेमराज भुजेलले गोल गरे ।
अब एनआरटीले उपाधिका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानको आरटीसी क्लबलाई ७–० गोलले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ ।
२५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।