बुढासुब्बा गोल्डकपको उपाधिका लागि एनआरटी र चर्च ब्वाइजले खेल्ने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका सामग्री किन्दा आजदेखि २० प्रतिशत छुट पाइने भएको छ । निषेधाज्ञाभरि दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा छुट उपलब्ध हुने छ ।
कर्पोरेशनले पिठो, चिनी, नुन, खाना पकाउने तेल तथा खाद्य कम्पनीले सात प्रकारको चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । खाद्य व्यवस्था कम्पनीले काठमाण्डौमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री केन्द्रमा गएर छुटसहितको सामग्री किन्न सकिने बताएको छ ।
साल्ट ट्रेडिङले पनि बिक्री केन्द्रमै जानुपर्ने सूचना प्रकाशित गरेको छ । खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कम्पनीका सामग्री खरिद गर्दा सम्पर्क नम्बरसहित परिचय खुल्ने कागजात देखाउनुपर्नेछ । अनलाइन डेलिभरी र घुम्ती भ्यानमार्फत बिक्री हुने खाद्यान्न सामग्रीमा भने छुट दिने विषयमा निर्णय नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।