ठाकुर पक्ष सरकारमा जाँदै, मन्त्री बन्ने नेतालाई तयारीमा बस्न निर्देशन

 जेठ २१, २०७८ शुक्रबार १४:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले आज सरकारमा जाने तयारी गरेको छ । हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर अध्यक्ष ठाकुरले सरकारमा जाने विषय लगभग टुङ्ग्याएको एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयबाट जुनसुकै बेला फोन आउन सक्ने भएकाले तयार भएर बस्न भनिएको उनले बताएका छन् । मिल्न बाँकी विषयमा अध्यक्ष ठाकुरले आज पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा जसपाले गृहसहितका आठ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले गृह दिन नसकिने बताउनुभएको थियो ।

राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानका लागि जसपाले नेताहरूको सूची पनि तयार गरिरहेको एक नेताले बताएका छन् । राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, एकवाल मियाको नाम लगभग टुङ्गिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले सहमति भएमा जसपा सरकारमा सहभागी हुने कुरा स्वाभाविक रहेका बताउनुभएको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया