जनमोर्चाले हटाएका प्रदेश सभा सदस्य थापाद्वारा सर्वोच्चमा रिट

 जेठ २१, २०७८ शुक्रबार १५:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएका नेता कृष्ण थापाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ । उहाँले आफूलाई पार्टीले असंवैधानिक तरिकाले हटाएको भन्दै पद पुनर्स्थापनाकाे माग राखेर रिट दायर गर्नुभएको हो ।

उहाँको रिटको प्रारम्भिक सुनुवाइ आइतवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो ।

जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउन सकेका थिएनन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया