ललितपुर महानगरले काेराेनाबाट ज्यान गुमाएका व्यक्तिकाे परिवारलाई एक लाख रुपैयाँ दिने

 जेठ २१, २०७८ शुक्रबार १६:३२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रवार (आज) भएको पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिका परिवार सङ्क्रमित भइ उपचारका क्रममा ज्यान गएमा महानगरपालिकाले प्रति–मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै आईसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोरोना जित्नेहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने जानकारी दिनुभयो ।

महानगरपालिकाबाट सहयोग लिन सिफारिस पत्रसहित आवश्यक कागजपत्र आवश्यक पर्नेछ । महानगरभित्रका हरेक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि मेयर महर्जनले बताउनुभयो ।

महानगरपालिकाले आवश्यक पर्ने सङ्क्रमितलाई सुनाकोठी र बागडोलमा अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि मेयर महर्जनले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया