घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – डाक्टरहरूले मानसिक स्वास्थ्यको सम्बन्ध स्वस्थ खानपानसँग पनि जोडिएको बताएका छन् । वरिष्ठ मानसिकरोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले मानसिक स्वास्थ्यका लागि स्वस्थ भोजनको ठूलो भूमिका रहेको बताउनुभयो ।
४० वर्षदेखिको आफ्नो अनुभवमा डा. शर्माले शारीरिक स्वास्थ्यको पूर्वाधारका रूपमा मानसिक स्वास्थ्यलाई लिनुभएको हो । विशेषगरी सूक्ष्म पोषण तत्त्व र रेशायुक्त खाद्य पदार्थको सेवनले मानसिक स्वास्थ्य राम्रो बनाउन मद्दत गर्ने उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्याङ्क अनुसार कुनै पनि समाजमा १५ प्रतिशत मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित हुन्छन् । यस हिसाबले नेपालमा झन्डै ४० लाख जना मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ ।
डा. शर्माका अनुसार ब्रोकाउली, काउली, गाढा हरियो सागपात, रङ्गीन तरकारी, फलफूल र विभिन्न बीउबियाँको सेवनले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यस्तै भिटामिन 'बी' १२ र 'डी' को कमी हुन नदिन पनि विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
पोषणविद् डाक्टर अरुणा उप्रेतीका अनुसार वैज्ञानिक अनुसन्धानले पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्ने देखाएको छ । विशेषगरी पेटमा पाइने सेराटोनिन नामक तत्त्वले मस्तिष्कमा आनन्दको अनुभूति जगाउने र यसको कमीले उदासिनता बढाउने पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको अर्को तथ्याङ्क अनुसार विश्वभरमा मानिसलाई सबैभन्दा बढी असर गर्ने १० रोगमध्ये ५ वटा मानसिक रोग छन् जसमा डिप्रेसन दोस्रो स्थानमा छ । यस्तो गम्भीर अवस्थामा औषधोपचारसँगै स्वस्थ खानपानको महत्त्व झनै बढेको विज्ञहरू बताउँछन्। भिटामिन बी–१२ को कमीले स्मरणशक्ति कमजोर बनाउन सक्छ । यस्ता भिटामिनहरू कुखुराको अण्डा, ताजा माछा र डेरी उत्पादनहरूबाट प्राप्त गर्न सकिन्छ ।
डाक्टर उप्रेतीले मानसिक स्वास्थ्यका लागि व्यायाम, पर्याप्त निद्रा र सामाजिक सक्रियताको पनि त्यत्तिकै महत्त्व रहेको बताउनुभयाे । विशेषगरी मानसिक रोगको औषधि सेवन गर्दा हुने साइड इफेक्ट न्यूनीकरणका लागि पनि पौष्टिक आहारको आवश्यकता पर्ने विज्ञहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।